कन्जक्टिभाइटिस तथा शापुरोगको रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न ।
पोखरा । आँखा उपचारका क्षेत्रमा अब्बल दरिएको हिमालय आँखा अस्पतालको सेवा विस्तार गरी प्रभावकारी बनाउन व्यवस्थापन र कर्मचारी एकमत भएका छन् । नेपाल नेत्र ज्योति कास्कीको नवनिर्वाचित समितिको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त प्रतिबद्धता जनाएका हुन् । आँखा अस्पताल प्रशासनले कार्यक्रम राखेको हो । संघका नवनिर्वाचित सभापति सुरेन्द्र थापामगरले अस्पतालको सेवा विस्तारका लागि आफूहरु लागीपर्ने प्रतिबद्धता जनाउँदै कर्मचारीबाट पनि त्यही अपेक्षा गरिएको बताए । उनले भने, ‘सेवा प्रवाहमा तपाईंहरुले चुस्तता देखाउनुहोस्, कर्मचारीलाई खाने, लाउने र उपचारका लागि समस्या नहुने गरी सुविधा दिन हामी प्रतिबद्ध छौं ।’ सभापति थापामगरले अस्पताल प्रशासनको काममा आफूहरुले हस्तक्षेप नगर्ने भन्दै तर कामप्रति सबैभन्दा बढी मेडिकल डाइरेक्टर जिम्मेवार हुनुपर्ने भनाइ राखे । कर्मचारीहरुको क्षमता वृद्धिका लागि केकस्तो तालिम आवश्यक पर्छ त्यही अनुसार माग संकलन गर्न पनि उनले आग्रह गरे । अबदेखि वार्षिक रुपमा उत्कृष्ट कर्मचारी र विभागलाई पुरस्कृत गरिने घोषणा उनले गरे । सचिव नारायणप्रसाद बरालले ठूलो भवन र प्रविधिले मात्र सेवा दिन नसकिने भन्दै कर्मचारीको सामूहिक भावना आवश्यक रहेको भनाइ राखे । सुरुमा दैनिक ८/१० जना बिरामी आउने अस्पतालमा अहिले एकैदिन ९ सयसम्म उपचारका लागि आउने गरेको भन्दै उनले अब त्यही अनुसारको चाप थेग्नेगरी पूर्वाधार र जनशक्ति व्यवस्थापन आवश्यक रहेको बताए । उनले भने, ‘अस्पतालमा बग्रेल्ती समस्या छन्, ती समस्यको पहिचान गरी समाधानमा हामी जुट्छौं, हामी इँटा थप्न आएका हौं, इँटा झिक्न होइन । अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले नयाँ समिति निर्वाचित भएपछि आफूहरु उत्साही भएको बताइन् । उनले भनिन्, ‘उहाँहरु हामीलाई सहयोग गर्न आउनुभएको हो, व्यवस्थापन र अस्पताल प्रशासन मिलेर अझ प्रभावकारीरुपमा सेवा प्रवाह गर्छौं ।
नेपाल नेत्रज्योति संघ कास्कीमा सुरेन्द्र थापामगर
यही चैत १५ देखि १७ गतेसम्म छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा छ सय ४७ जना बिरामीहरूको निःशुल्क आँखा जाँच गरिएको थियो। आँखा परीक्षण गराएका बिरामीमध्येमा मोतिविन्दु देखिएका ६५ जनाको निःशुल्क शल्यक्रिया गरिएको संघका केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले जानकारी दिए। त्यस्तै, मुगुकै खत्याड गाउँपालिकामा चैत २० देखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा चार सय ७१ जनाको आँखा जाँच गर्दा मोतिविन्दु देखिएका ८७ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो। जसमा दुईजनाको सामान्य शल्यक्रियासमेत गरिएको थियो। दुईवटा शिविरमार्फत तीन सय ८४ जना बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो। नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरूको टोलीले आँखा शिविर सञ्चालन गरेको हो। नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्रले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, नेपाल नेत्रज्योति संघ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आइकेयर फाउन्डेसनको विशेष सहयोगमा शिविरहरू आयोजना गरिएको थियो । नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा एक सय ५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ। संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरूमार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ।
पोखरा व्यावसायिक महिला क्लब र नेत्र ज्योति संघ म्याग्दी शाखाको आयोजना, मिसाल बाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा गएको आइतबारदेखि मङ्गलवार (चैत ५ देखि ७) गतेसम्म सञ्चालित निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा लागेको मोतिया विन्दुको सफल शल्यक्रिया गरिएको थियो।
Japan Assists Medical Equipment to Himalaya Eye Hospital in Kaski District (February 7, 2023)
जनस्वास्थ्य सरोकार, पोखरा । पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ ।
पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ ।