पोखरा फाइनन्स लिमिटेडद्वारा हिमालय आँखा अस्पतालमा उपचारका लागि आउने आर्थिक रूपले बिपन्न बिरामीहरुलाई सहयोग

मिती २०८०-०१-१५ का दिन पोखरा फाइनन्स लिमिटेड पोखराका प्रमुख कार्यकारी अधिकृत श्री रबिचन्द्र गुरुङ्ग ज्यूले पोखरा फाइनान्सको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत हिमालय आँखा अस्पतालमा उपचारका लागि आउने आर्थिक रूपले बिपन्न बिरामीहरुको सहयोगार्थका लागी अस्पतालका अध्यक्ष बरिष्ठ अधिबक्ता कृष्ण बहादुर गुरुङ्ग ज्यूलाई रू १००००० (अक्षेरुपी : एक लाख रूपैंया) हस्तान्तरण गर्नु भएको छ। सो कार्यक्रममा नेपाल नेत्रज्योती संघका प्रदेश सभापति प्रा. डा. दिल बहादुर छेत्री लगाएत जिल्ला कार्य समिति कास्कीका पधाधिकारीहरु र अस्पतालका मेडिकल डाईरेक्टर लगायतको उपस्थीती रहेको थियो।