पुतलीवजार नगरपालीका स्याङ्गजाको स्थानिय आयोजनामा बृहत नि शुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भयो।

यहि मिती २०७९ फल्गुन ४ देखी ७ गते सम्म, नेपाल नेत्र ज्योती संघ हिमालय अँखा अस्पताल पोखराको प्राविधिक सहयोग, एनआरएन यूकेको संयोजन तथा आर्थिक सहयोग र पुतलीवजार नगरपालीका स्याङ्गजाको स्थानिय आयोजनामा बृहत नि शुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भयो। उक्त शिविरमा ९४ जना मोतिविन्दुका विरामिहरुको निःशुल्क शल्यक्रिया गरीएको थियो। पुतलीवजार नगरपालीकामा मोतिविन्दुका कारण भएको अन्धोपन निवारणकालागी मिती २०७९ माघ १५ देखी २९ गते सम्म पुतलीवजार नगरपालीकाका १४ वटै वडाका २,२ वटा स्थानमा २८ वटा मोतिविन्दु छनौट शिविर सञ्चलन गरीएको थियो जसमा ५३०० विरामि जाँच गरी छनौट भएका १५३ जना मोतिविन्दु शल्यक्रियाकालागी छनौट भएका थिए भने अन्य विरामिहरुलाई औषधी र चश्मा निःशुल्क वितरण गरीएको थियो।