सर्जिकल सेण्टर विकास गर्ने सम्बन्धमा महत्त्वपूर्ण सहमति

मिति २०७९/११/१८ गते नेपाल नेत्र ज्योती संघ केन्द्रीय अध्यक्ष प्रा.डा.चेत राज पन्त, केन्द्रीय उपाध्यझ तथा गण्डकी प्रदेश सभापति प्रा. डा. दिल बहादुर क्षेत्री , केन्द्रीय सदस्य तथा व्यस्थापन समिति सदस्य डा.नन्द श्रेष्ठ तथा हिमालय आँखा अस्पताल बाह्य कार्यक्रम प्रमुख सुभाष नेपाल साहितको टोली ले स्यांजा जिल्लाका वविभिन्न नगरपालिका तथा आँखा उपचार केन्द्रहरु को भ्रमण गरेको छ । उक्त भ्रमणमा पालिका स्तरमा अन्धोपन निवारणका लागी आवश्यक कार्यक्रम साथै स्यांजा जिल्लामा एउटा सर्जिकल सेण्टर विकास गर्ने सम्बन्धमा महत्त्वपूर्ण सहमति भएको छ ।