बिहादी गाऊँपालिका वहाकीठाँटी स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र समुदघाटन

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग , आई केयर फ़ाउण्डेशनको उपकरण सहयोगमा बिहादी गाऊँपालिका वहाकीठाँटी स्वास्थ्य चौकीमा स्थापित आँखा उपचार केन्द्रको एक कार्यक्रमका बीच गाऊँपालिका अध्यक्षद्वारा समुदघाटन सम्पन्न भएको छ । उक्त कार्यक्रमका बिशिष्ठ अथिति नेपाल नेत्रज्योति संघ केन्द्रीय उपाध्यक्ष प्रा.डा. दिल बहादुर क्षेत्री ज्यूद्वारा शुभकामना मन्तब्य मार्फ़त नेपाल नेत्रज्योति संघको उद्देश्य “ हाम्रो कर्तब्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी “ अन्तरगत बिभिन्न पालिकाहरू संग मिलेर हिमालय आँखा अस्पताल ले आँखा उपचार सेवा बिस्तार गर्न लागेको बताउनु भएको थियो ।